अमेरिकाविरुद्धको दोस्रो खेल आज

काठमाडौं, (खेलाडी)- आइसिसी विश्वकप क्रिकेट लिग डिभिजन दुई अन्तर्गत त्रिदेशीय शृंखलाको तेस्रो खेलमा आज नेपाल र अमेरिकाबीच प्रतिस्पर्धा हुदैछ । 

ओमानको अल अमेरत क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार दिउसो ४ः१५ बजेबाट सुरु हुुनेछ । 

यसअघि सोमबार भएको पहिलो खेलमा नेपालले अमेरिकामाथि पाँच विकेटको जित निकालेको थियो । अमेरिकाले दिएको २ सय ३१ रनको लक्ष्य नेपालले पाँच विकेट गुमाएर भेट्टाएको थियो । 

त्यस्तै मंगलबार भएको शृंखलाको दोस्रो खेलमा भने नेपाल ओमानविरुद्ध पाँच विकेटले पराजित भएको थियो । नेपालले दिएको १ सय ९७ रनको लक्ष्य ओमानले पाँच विकेटको क्षतीमा भेट्टाएको थियो । 

शृंखलाको अन्तिम खेलमा नेपालले आइतबार घरेलु टोली ओमानविरुद्ध खेल्नेछ ।