चितवनको प्रशिक्षण टोलीमा सिंह

काठमाडौं, (खेलाडी)- नेपाली क्रिकेटको सबभन्दा ठूलो फ्रेन्चाइज लिग एभरेष्ट प्रिमियर लिग (इपिएल) को टोली चितवन टाइगर्सले अर्को शनिबार सुरु हुने प्रतियोगिताका लागि दिल्लीका पूर्व क्रिकेटर पुरु सिंहलाई सहायक प्रशिक्षक तथा व्यवस्थापकको भूमिकामा नियुक्त गरेको छ ।

४० वर्षे सिंहले दिल्लीको टिमबाट रणजी ट्रफीमा सात वर्ष खेलेका थिए । उनले दिल्लीको टिमबाट गौतम गम्भिर, विरेन्द्र सेहवाग, युवराज सिंह र आशिष नेहराजस्ता खेलाडीसँगै खेलेका थिए । 

हाल आइसिसीको लेभल टु प्रशिक्षण कोर्स पूरा गरिसकेका सिंहले इपिएलको चौथो संस्करणका लागि चितवनको तयारीबाट आफू प्रभावित भएको बताए ।

यसैगरी चितवनले नेपाल पुलिसका वायाँ हाते ब्याट्सम्यान दिलिप नाथलाई उपकप्तानको जिम्मेवारी सुम्पिएको छ । २२ वर्षे दिलिप नेपालले २०१८ मा एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्दाका राष्ट्रिय खेलाडी हुन् ।