वाई वाई यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगिता

सुदूरपश्चिमलाई मधेसको एक सय २३ रनको लक्ष्य

काठमाडैं । मधेस प्रदेशले वाई वाई यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेशसामू जितका एक सय २३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिभिुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको मधेसले ३८.१ ओभरमा सबै विकेट गुमाउँदै एक समय २२ रनको योगफल तयार पारेको थियो । मधेसका लागि अली अन्सारीले सर्वाधिक ३२ रनको योगदान दिए ।

त्यसैगरी इम्रान शेखले २८, मायन यादवले २३ र डब्लु मलिकले ११ रन जोडे ।

सुदुरपश्चिमका लागि नरेन साउदले पाँच, हेमन्त धामीले तीन र युवराज खत्रीले दुई विकेट लिए ।