अभ्यास खेल

नेपाललाई डिडिसिएको एक सय ५९ रनको लक्ष्य

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत नामिबिया भ्रमणको तयारीमा रहेको नेपालले शनिबार भारतीय क्लब डिडिसिएविरुद्धको दोस्रो अभ्यास खेलमा एक सय ५९ रनको सामान्य लक्ष्य पाएको छ ।

टस जितेर ब्याटिङका लागि आएको डिडिसिएले ४०.५ ओभरमा सबै विकेट गुमाउँदै एक सय ५८ रन मात्र जोड्यो ।

डिडिसिएका लागि काभ्य गुप्ताले ३४,सलिलले ३१ र वैभव शर्माले २६ रनको योगदान गरे । 

नेपालका सागर ढकालले पाँच ओभरमा १२ रन खर्चदै पाँच विकेट लिए । त्यस्तै कुशल भुर्तेलले दुई, सोमपाल कामी, हरीशंकर शाह र ललित राजवंशीले समान एक विकेट लिए ।

यसअघि पहिलो नेपालले डिडिसिएलाई तीन विकेटको नतिजा सुम्पिएको थियो ।

नेपाल भारतमा दुई अभ्यास खेलपछि त्यहीँबाट नामिबिया प्रस्थान गर्नेछ ।