एक दिवसीय शृंखला

नेपालको जित

काठमाडौं । युएईमाथि तीन विकेटको जित निकाल्दै नेपालले तीन एक दिवसीय खेलको शृंखलामा १-१ को बराबरी गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा युएईले प्रस्तुत गरेको १ सय ९२ रनको लक्ष्य नेपालले ४७.५ ओभरमा ७ विकेट क्षतीमा  पूरा गर्यो । 

नेपालका लागि कुशल भुर्तेलले ५२ बलमा ६ चौका मद्दतमा ३५ रन जोड्दा आरिफ शेखले ५८ बलमा ३ चौकामद्दतमा अविजित ३३ रन जोडे । त्यस्तै गुल्सन झाले ४९ बलमा ४ चौका र १ छक्का मद्दतमा ३७ रन जोडे । 

युएईका रोहन मुस्तफाले ३ र हर्जात बिलालले २ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङका लागि आएको युएईले ४३.२ ओभरमा सबै विकेट गुमाउँदै १ सय ९१ रनको योगफल खडा गरेको थियो ।

१० ओभरमा विना विकेट क्षती ७० रनमा खेलिरहेको युएईले थप १ सय २१ रन जोड्दा १० विकेट गुमाएको थियो ।

युएईका ओपनर मुहामद वासिमले ५० रन जोडे । वासिमले ४६ बलमा ३ चौका र ४ चौका प्रहार गरे । त्यस्तै अलिसान सराफुले ३५ रन जोडे ।

नेपालका सोमपाल कामी र ललित राजवंशीको समान ३ विकेट लिए भने गुल्सन झा, दिपेन्द्रसिंह ऐरी, करण केसी र कुशल भुर्तेलले समान १ विकेट लिए ।

पहिलो खेलमा नेपाल ८४ रनजे पराजित भएको थियो । शृंखलाअन्तर्गतको तेस्रो खेल शुक्रबार हुनेछ ।