एक दिवसीय शृंखला

नेपाललाई युएईको १ सय ९२ रनको लक्ष्य

काठमाडौं । युएईले नेपाललाई दोस्रो एक दिवसीय खेलमा जितका लागि १ सय ९२ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

कीर्तिपुरस्थित  त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर ब्याटिङका लागि आएको युएईले ४३.२ ओभरमा सबै विकेट गुमाउँदै १ सय ९१ रनको योगफल खडा गर्यो । 
१० ओभरमा विना विकेट क्षती ७० रनमा खेलिरहेको युएईले थप १ सय २१ रन जोड्दा १० विकेट गुमाएको थियो ।
युएईका ओपनर मुहामद वासिमले ५० रन जोडे । वासिमले ४६ बलमा ३ चौका र ४ चौका प्रहार गरे । त्यस्तै अलिसान सराफुले ३५ रन जोडे ।

नेपालका सोमपाल कामी र ललित राजवंशीको समान ३ विकेट लिए भने गुल्सन झा, दिपेन्द्रसिंह ऐरी, करण केसी र कुशल भुर्तेलले समान १ विकेट लिए । 

पहिलो खेलमा नेपाल ८४ रनजे पराजित भएको थियो । नेपाल आजको खेल जित्दै शृंखलामा १-१ को बराबरी गर्न चाहन्छ ।  तेस्रो खेल शुक्रबार हुनेछ ।