एक दिवसीय शृंखला

जित्नै पर्ने दबाबमा नेपाल

काठमाडौं । युएईविरुद्धको दोस्रो एक दिवसीय खेलमा मैदान उत्रदा नेपाल जितको दबाबमा हुनेछ ।

सोमबार सम्पन्न पहिलो एक दिवसीय खेलमा नेपालले युएईलाई ८४ रनको नतिजा सुम्पिएको थियो । आजको खेल हारेमा नेपालले एक खेल अगावै युएईलाई तीन एक दिवसीय खेलको शृंखला २-० ले सुम्पिने छ । 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सोमबार पहिलो एक दिवसीय खेलमा युएईले प्रस्तुत गरेको २ सय ६४ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ७९ रन मात्र जोडेको थियो ।

नेपालका लागि ओपनर अर्जुन साउद र अलराउन्डर दिपेन्द्रसिह ऐरीले अर्धशतक पूरा गरे पनि अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेका थिएनन् । 

नेपाल दोस्रो खेलमा ब्याटिङमा सुधार गर्ने लक्ष्यमा रहेको छ ।

नेपालले आइसिसी विश्वकप क्रिकेट लिग टु का लागि डिसेम्बरमा नामिबियाको भ्रमण गर्दैैछ । त्यसैले नेपालले युएईविरुद्धको शृंखलालाई नामिबिया भ्रमणअघिका अभ्यास खेलको रुपमा लिएको छ ।