एक दिवसीय

नेपाल युएईसँग पराजित

काठमाडौं । ओपनर अर्जुन साउद र अलराउन्डर दिपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार गरे पनि नेपालले सोमबार युएईविरुद्धको पहिलो एक दिवसीय खेलमा हार टार्न पर्याप्त भएन ।

 नेपालले भ्रमणकारी टोली युएईलाई ८४ रनको नतिजा सुम्पियो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा युएईले प्रस्तुत गरेको २ सय ६४ रनको लक्ष्य पछ्याएको नेपाल १ सय ७५ रनमा सीमित भयो ।

सातौ ओभरमा नेपालले २ विकेट गुमायो । ६.१ ओभरमा २८ रनमा ओपनर आरिफ शेखलाई गुमाएको नेपालले सोही ओभरको तेस्रो ओभरमा ज्ञानेन्द्र मल्ललाई गुमायो । मल्लले रन खाता खोल्न सकेनन् ।

कप्तान रोहित पौडेल र हरीशंकर शाहले पनि उल्लेख्य प्रदर्शन गर्न सकेनन् । पौडेलले मात्र १ रन जोडे भने हरीशंकले ८ रन जोडे । डेब्यु खेलमै अर्धशतक पूरा गरेका अर्जुनले पाँचौ विकेटका लागि दिपेन्द्रसँग ६८ रनको साझेदारी गर्दै नेपालको इनिङ उकास्ने प्रयास गरेका थिए । अर्जुनले ७९ बलमा ५ चौका मद्दतमा ५१ रन जोडे । 
त्यस्तै दिपेन्द्रले ८४ बलमा ६ चौका मद्दतमा ५४ रन जोडे ।

युएईका आयान अफ्जल खानले ४ विकेट लिए । त्यस्तै वासिल हामिदले २ तथा जोहर खान,अहमेद राजा र रोहन मुस्ताफाले   समान १ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङका लागि आएको युएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ६३ रनको योगफल तयार पारेको थियो ।

युएईका रोहन मुस्ताफाले ७३ बलमा ७ चौका मद्दतमा ५३ रन जोडे । त्यस्तै ओपनर ओपनर अरविन्द ४० रन बनाए ।

अरविन्दले पहिलो विकेटका लागि अर्को ओपनर मुहामेद वासिमसँग ७५ रनको साझेदारी गरेका थिए । वासिमले ४१ कलमा ६ चौका र १ छक्का मद्दतमा ४४ रन जोडे ।

नेपलका गुल्सन झाले २ तथा सोमपाल कामी र दिपेन्द्रसिंह ऐरीले समान १ विकेट लिए ।