अमेरिकााविरुद्ध टस हारेर बलिङ गर्दै नेपाल

काठमाडौ,(खेलाडी)–  विश्वकप क्रिकेट लिग दुई अन्तर्गत  अमेरिकााविरुद्धको खेलमा नेपालले पहिले बलिङ गर्दैैछ ।

ओमानको अल अमेरत क्रिकेट मैदानमा  नेपालले टस हारेर बलिङको निम्तो  पाएको हो ।

नेपालले शुक्रबार पपुवा न्युगिनीविरुद्ध दोस्रो अभ्यास खेलमा उतारेको टोलीलाई नै अमेरिकाविरुद्ध पनि निरन्तरता दिएको छ ।

नेपालले शृंखलाको दोस्रो खेलमा मंगलबार ओमानसँग खेल्नेछ । त्यस्तै शुक्रबार अमेरिकाविरुद्ध तेस्रो खेल खेलेपछि आइतबार ओमानविरुद्ध अन्तिम खेल खेल्नेछ ।

लिग दुई अन्तर्गत यसअघि सन् २०२० को फेबुअरीमा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको पहिलो शृंखलामा नेपालले अमेरिकाविरुद्धको दुवै खेलमा जित निकाल्दा ओमानविरुद्धको दुवै खेल गुमाएको थियो । लिगमा चार खेलबाट चार अंक जोडेको नेपाल तालिकाको छैटौं स्थानमा छ ।

लिगमा यी तीन टोलीसहित, स्कटल्यान्ड, नामिबिया, युएई र पिएनजी गरि सात टोली छन् । 

तालिकाको शिर्ष स्थानमा १० खेलबाट १६ अंक जोडेको ओमान छ । दोस्रो स्थानमा १२ खेलबाट १२ अंक जोडेको अमेरिका छ । 

यसैगरी तेस्रो स्थानमा आठ खेलबाट नौं अंक जोडेको स्कटल्यान्ड, चौथो स्थानमा सात खेलबाट आठ अंक जोडेको नामिबिया र सातौ स्थानमा आठ खेलसम्म अंकविहिन रहेको पपुवा न्यु गिनी छ ।