ट्वान्टी२० क्रिकेट विश्वकप

पाकिस्तानलाई न्युजिल्यान्डको एक सय ५३ रनको लक्ष्य

सिड्नी । आइसिसी ट्वान्टी२० क्रिकेट विश्वकपअन्तर्ग पहिलो सेमिफाइनलमा न्युजिल्यान्डले पाकिस्तानसामु एक सय ५३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

 टस जितेर ब्याटिङ रोजेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै एक सय ५२ रनको योगफल खडा गर्यो । 

न्युजिल्यान्डका लागि ड्यारिल मिचेलले ३५ बलमा तीन चौका र एक छक्का मद्दतमा अविजित ५३ रन जोड्दा कप्तान केन विलियम्सनले४२ बलमा एक चौका र एक छक्का मद्दतमा ४६ रन जोडे । 

पाकिस्तानका साहिन शाह अफ्रिदले दुई र मोहम्मद नबाजले एक विकेट लिए । 

न्युजिल्यान्ड लगातार दोस्रो पटक ट्वान्टी२० विश्वकपको फाइनलमा स्थान बनाउन चाहन्छ । गत संस्करणको फाइनलमा न्युजिल्यान्ड अस्ट्रेलियासँग पराजित भएको थियो । 

न्युजिल्यान्ड ग्रुप वानको विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको थियो भने पाकिस्तान ग्रुप टु को उपविजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको थियो । दोस्रो सेमिफाइनलमा बिहीबार भारत र इङल्यान्डबीच हुनेछ ।

 फाइनल खेल आइतबार मेलबर्न क्रिकेट मै