प्रधानमन्त्री कप पुरुष एक दिवसीय क्रिकेट प्रतियोगिता

टस जितेर एपिएफ ब्याटिङमा

काठमाडौं । प्रधानमन्त्री कप पुरुष एक दिवसीय क्रिकेट प्रतियोगिताअन्र्तगत कर्णाली प्रदेशविरुद्धको खेलमा एपिएफले टस जितेर ब्याटिङ रोजेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा एपिएफले अबको केही समय पछि ब्याटिङ सुरु गर्नेछ । 

एपिएफ तीन खेलमा दुई जित र एक बराबरीको नतिजापछि ५ अंकसहित समूह ए को शीर्ष स्थानमा छ । त्यस्तै समान खेलमा ५ अंक जोडेको गण्डकी प्रदेश दोस्रो स्थानमा छ । तेस्रो स्थानको आर्मीको २ अंक छ भने कर्णाली र सुदुरपश्चिम प्रदेशले अंक खाता खोल्न सकेका छैनन । 

एपिएफले शुक्रबार सम्पन्न खेलमा गण्डकीसँग अंक बाँडेको थियो ।