नेपाली क्रिकेट

नेपालले युएईसँग एकदिवसीय शृंखला खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमले युनाइटेड अरब इमिरेट्स (युएई)सँग बाइलाट्रल एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार सामाजिक सञ्जालमार्फत नोभेम्बर १४ देखि त्रिवि क्रिकेट मैदानमा सिरिज हुने जानकारी दिएको हो ।

नेपालले १४, १६ र १८ नोभेम्बरमा गरी तीन खेलको शृंखला खेल्ने छ । नेपाली राष्ट्रिय टिमका निवर्तमान कप्तान सन्दीप लामिछाने बलात्कारको मुद्दामा थुनामा छन् । यो शृंखलाका लागि क्यानले नयाँ कप्तान चयन गर्नेछ ।