ट्वान्टी २० विश्वकप

ट्वान्टी २० विश्वकपको पुरस्कार राशी सार्वजनिक

सिड्नी । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले आसन्न ट्वान्टी २० विश्वकपको पुरस्कार राशी घोषणा गरेको छ । अस्ट्रेलियामा अक्टोबर– नोभेम्बरमा हुने विश्वकपको विजेताले १.६ मिलियन डलर पाउने भएका छन् ।

यस्तै, उपविजेताले त्यसको ठिक आधा रकम पाउने आइसिसीले बताएको छ । १६ टिमको सहभागिता रहने प्रतियोगिताका सेमिफाइनलिस्टले ४ लाख डलर पाउने छन् भने पुरस्कार राशी कुल ५.६ मिलियन पाउन्ड हुनेछ ।

यस्तै, अन्तिम आठमा पुग्ने टिमले ७० हजार डलर पाउने छन् ।