कुशल मल्ल

जुनियर लिगका लागि कुशल पाकिस्तान प्रस्थान

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर कुशल मल्ल पाकिस्तान प्रस्थान गरेका छन् ।

कुशल पाकिस्तान जुनियर क्रिकेट लिग खेल्नका लागि बिहीबार त्यसतर्फ लागेका हुन् ।

प्रतियोगिताका लागि कुशललाई ग्वादार शार्कले अनुबन्ध गरेको थियो । यु १९ टिमका खेलाडीले मात्र खेल्न पाउने प्रतियोगिता कुशलको टिमले अक्टोबर आठमा पहिलो खेल खेल्नेछ । शार्कले पहिलो खेलमा रावलपिण्डी राइडर्ससँग खेल्ने तालिका छ ।

प्रतियोगिता अक्टोबर ६ देखि २१ सम्म हुने तालिका छ । कुशलले यसअघि संयुक्त अरब इमिरेट्स (युएई) मा सम्पन्न टी १० मा पनि कुशलले खेलेका थिए ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम उमेरमा अर्धसतक बनाउने कीर्तिमान कुशलकै नाममा छ ।