ट्वान्टी२० शृंखला

पाकिस्तानको रोमाञ्चक जित

कराँची । इङल्यान्डमाथि तीन रनको जितसहित पाकिस्तानले सात खेलको ट्वान्टी२० शृंखलामा २-२ को बराबरी गरेको छ ।

पाकिस्तानले प्रस्तुत गरेको एक सय ६६ रनको लक्ष्य पछ्याएको इङल्यान्डले १९.२ ओभरमा एक सय ६३ रनमा सीमित भयो ।

इङल्यान्डका लियाम डसन र ह्यारी ब्रुकले समान ३४ रनको योगदान गरे । त्यस्तै बेन डकलेडले ३३ र कप्तान मोइन अलीले २९ रन जोडे ।

पाकिस्तानका मोहम्मद नवाज र ह्यारिस रौफले समान तीन तथा मोहम्मद हासनैनले दुई र मोहम्मद वासिमले एक विकेट लिए ।

यसअघि राष्ट्रिय रंगशालामा टस हारेर ब्याटिङका लागि आएको पाकिस्तानले पाकिस्तानले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै एक सय ६७ रनको योगफल खडा गरेको थियो ।

पाकिस्तानका ओपनर मोहम्मद रिजवानले सर्वाधिक ८८ रन बनाए । उनले ६७ बलमा नौ चौका र एक छक्का प्रहार गरे । कुनै समय १२ ओभरमा एक विकेट गुमाएर ९७ रन बनाएको पाकिस्तानले सोही अनुरुपको फिनिसिङ गर्न भने सकेन ।

कप्तान बाबर आजम ३६ रनमा आउट भए । यसबाहेक, टिमको खातामा सान मसुदले २१ र आसिफ अलिले तीन बलमा १३ रन थपे ।

इङ्ल्यान्डका रिसे टोप्लेले दुई विकेट लिए । यस्तै, लियम डव्सन र डेविड विलीले एक विकेट लिए ।