ट्वान्टी२०

कोहली ओपनिङमा आउनेमा दुबिधा

दिल्ली । भारतका कप्तान रोहित शर्माले ट्वान्टी२० क्रिकेट विश्वकपमा केएल राहुल ओपनरको भुमिकामा रहने पक्का भए पनि पूर्वकप्तान विराट कोहली ओपनिङमा आउने बारे भने अझै दुबिधा रहेको बताएका छन् ।

भारतले मंगलबारबाट अस्ट्रेलियाविरुद्धको तीन ट्वान्टी२० शृंखला खेल्दैछ । हालै सम्पन्न एसिया कपमा सुपर फोरको अन्तिम खेलमा अफगानिस्तानविरुद्ध रोहितलाई आराम दिइएको थियो । जहाँ केएल राहुलसँगै कोहली ओपनरको रुपमा आएका थिए । 

कोहलीले सो खेलमा ६१ बलमा एक सय २२ रन जोडेका थिए । भारतले अन्तिम खेलमा अफगानिस्तानमाथि एक सय एक रनको फराकिलो जित निकालेको थियो । कोहली भारतबाट ट्वान्टी२० क्रिकेटको एकै इनिङमा सर्वाधिक रन प्रहार गर्ने खेलाडी समेत बने । यसअघि रोहितले सन् २०१७ मा श्रीलंकाविरुद्ध जोडेको एक सय १८ रन कुनै पनि भारतीय खेलाडीले एकै इनिङमा जोडेको सर्वाधिक रन थियो ।

कोहलीले एक हजार २० दिनपछि अन्तर्राष्ट्रिय शतक पूरा गरेका थिए ।

‘टोलीमा ओपनरको विकल्प हुनु राम्रो पक्ष हो’, मोहालीमा मंगलबारबाट सुरु हुने पहिलो ट्वान्टी२० खेल अघि कोहलीले भने, ‘विश्वकप जस्तो ठूलो प्रतियोगितामा टोलीमा सबै खेलाडी उत्कृष्ट नै चाहिन्छ । अझ ओपनरको भुमिकाका खेलाडी उच्च लयमा हुनु सकारात्मक पक्ष हो । टोलीका सबै खेलाडीले जुनै पनि पोजिसनमा खेल्न सक्ने क्षमता राख्नुपर्छ  ।’

केएल राहुलले विश्वकपमा ओपनरको रुपमा खेल्नेछन्,रोहितले भने, उनी टोलीका लागि महत्वपूर्ण खेलाडी हुन् ।