भारतीय क्रिकेट

सामी कोभिड संक्रमित

नयाँ दिल्ली । भारतीय तीव्र गतिका बलर मोहम्मद सामी कोभिड १९ संक्रमित भएका छन् ।

भारतले अस्ट्रेलियासँत ट्वान्टी २० शृंखला खेल्नुअघि सामीमा कोभिड पोजेटिभ देखिएको हो । यससँगै सामी मोहालीमा हुने खेलका लागि टिमसँग नजाने भएका छन् । सामीको ठाउँमा उमेश यादवले भारतीय टिममा स्थान बनाएका छन् । यादव दुई वर्षपछि ट्वान्टी २० अन्तर्राष्ट्रिय खेलका लागि भारतीय टिममा फर्किएका हुन् ।

भारतले अस्ट्रेलियासँग तीन खेलको ट्वान्टी शृंखला खेल्ने तालिका छ । जुन सेप्टेम्बर २०, २३ र २५ मा हुनेछ । यसपछि भारतले सेप्टेम्बर २८, अक्टोबर दुई र चारमा दक्षिण अफ्रिकाविरुद्ध तीन खेलको ट्वान्टी २० शृंखला खेल्नेछ ।