ट्वान्टी २० विश्वकप

ट्वान्टी २० विश्वकपका लागि पाकिस्तान टिमको घोषणा

इस्लामाबाद । आसन्न ट्वान्टी २० विश्वकपका लागि पाकिस्तानी राष्ट्रिय क्रिकेट टिमको घोषणा गरेको छ ।

पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले बिहीबार बाबर आजमको कप्तानीमा १८ सदस्यीय टिमको घोषणा गरेको हो । जसमा वैकल्पिक खेलाडीको रुपमा तीन जनालाई राखिएको छ ।

पाकिस्तानी टिममा फास्ट बलर साहिन साह अफ्रिदीले पुनरागमन गरेका छन् । अफ्रिदी चोटका कारण एसिया कपबाट बाहिरिएका थिए ।

ट्वान्टी २० विश्वकप १६ अक्टोबरदेखि १३ नोमेम्बरसम्म अस्ट्रेलियामा हुने तालिका छ । ट्वान्टी २० विश्वकपको आठौं संस्करणमा १६ टिमको सहभागिता छ ।

पाकिस्तानी टिमः

बाबर आजम (कप्तान), सदाब खान, आसिफ अलि, मैदर अलि, ह्यारिस रौफ, इफ्तिखर अहमेद, खुस्दिल साह, मोहम्मद हसनैन, मोहम्मद नवाज, मोहम्मद रिजवान, मोहम्मद वसिम, नसिम साह, साहिन साह अफ्रिदी, सान मसुद, उस्मान कादर

वैकल्पिक खेलाडीः

फकर जमान, मोहम्मद हरिस, साहनवाज धानी