नवौं राष्ट्रिय खेलकुद

बागमती र प्रदेश एकबीचको खेल नतिजाविहिन

काठमाडौं। नवौं राष्ट्रिय खेलकुदअन्तर्गत क्रिकेटमा शुक्रबार एनआरएनए र एपिएफ क्लबबीचको खेल वर्षाले प्रभावित भएपछि नतिजाविहिन टुङ्गिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिलो इनिङ चलिरहँद वर्षा भएपछि खेलको नतिजा निस्किन सकेन ।

खेल रोकिनुअघि टस जितेर ब्याटिङमा आएको एनआरएनले १३.३ ओभरमा दुई विकेट गुमाएर एक सय २० रन बनाएको थियो । चिसो मैदानका कारण खेललाई १९ ओभरमा घटाइएको थियो ।

एनआरएनका कप्तान सुगम गौतम ४५ र पृथु बास्कोटा २६ रनमा खेलिरहेका थिए । त्यसअघि ओपनर दीनेश खरेल ३२ रनमा र सागर पुन ६ रनमा आउट भएका थिए ।

एपिएफका भुवन कार्की र अभिनाश बोहराले समान दुई विकेट लिए ।

यसअघि वर्षाकै कारण मुलपानीमा हुने भनिएको मधेश प्रदेश र नेपाल पुलिस क्लबबीचको खेल पनि टससमेत नभई रद्ध भएको थियो । यस्तै, हिजो (बिहीबार) का चार खेलमध्ये तीन खेल वषाकै कारण रद्ध भएको थियो ।