यस्तो पो ‘डेब्यू’, नेपाली बलर विक्रम सोबले लिए करियरको पहिलो बलमै विकेट

काठमाडौं, (खेलाडी)- नेपालका तीब्र गतीका बलर विक्रम सोबले अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा आफ्नो करियरको पहिलो बलमै विकेट लिएर सुखद ‘डेब्यु’ गरेका छन् ।

ओमान मस्कटस्थित अल अमेरित क्रिकेट मैदानमा अहिले जारी पपुवा न्युगिनी (पिएनजी) विरुद्धको पहिलो अभ्यास खेलबाट विक्रमले एक दिवसीय क्रिकेटमा नेपाली राष्ट्रिय टोलीबाट ‘डेब्यु’ गरेका हुन् ।

एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा ‘डेब्यु’ गर्ने क्रममा पहिलो बलमै विकेट लिने उनी विश्व क्रिकेट इतिहासकै २८औं बलर हुन् । नेपालका भने पहिलो । 

‘डेब्यु’ खेलको आफ्नो पहिलो बलमै विक्रमले विपक्षी टोलीका ओपनर टोनी उरालाई एक रनमा बोल्ड गरेका थिए । दोस्रो विकेट उनले आफ्नो दोस्रो ओभर पिएनजीका कप्तान असाद भालालाई चार रनमा आउट गरे । 

एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा ‘डेब्यु’ गर्ने क्रममा पहिलो बलमै विकेट लिने उनी विश्व क्रिकेट इतिहासकै २८औं बलर हुन् । नेपालका भने पहिलो । 

मस्कटमै हुने विश्वकप क्रिकेट लिग दुईअन्तर्गत त्रीदेशीय शृंखलाको तयारीका लागि नेपालले पिएनजीविरुद्ध दुई अभ्यास खेल खेलेको हो । दोस्रो खेल शुक्रबार हुनेछ । 

विश्वकप क्रिकेट लिग दुई अन्तर्गतको शृंखलामा नेपालले अमेरिका र घरेलु टोली ओमानको राष्ट्रिय टिमसँग प्रतिस्पर्धा गर्नेछ । त्रिदेशीय शृंखला भदौ २८ देखि असोज चार गतेसम्म चल्नेछ । 

विक्रमसँगै पिएनजीविरुद्धको खेलमा ओपनर आसिफ शेख र कुशल भुर्तेलले पनि एकदिवसीय ‘डेब्यु’ गरे ।

टस जितेर पिएनजीले ब्याटिङ रोजेपछि बलिङको निम्तो पाएको नेपालका लागि विक्रमले पाँच ओभरमा एक मेड्न राख्दै २० रन खर्चेर दुई विकेट लिए । 

जारी खेलमा नेपालको कसिलो बलिङ सामु निरिह देखिएको पिएनजी ३३ ओभरमा सबै विकेट गुमाएर १ सय ३४ रनमा सिमित भएको थियो । 

नेपालका लागि सन्दिप लामिछानेले चार तथा विक्रम र कुशल मल्लले समान दुई विकेट लिए ।

विक्रमसँगै पिएनजीविरुद्धको खेलमा ओपनर आसिफ शेख र कुशल भुर्तेलले पनि एकदिवसीय ‘डेब्यु’ गरे ।