अन्तरविद्यालय इन्डोर क्रिकेट प्रतियोगिता

अन्तरविद्यालय इन्डोर क्रिकेटको उपाधि वाइ पोनटिङलाई

इटहरी । इटहरी क्रिकेट एकेडमीको आयोजनामा अन्तरविद्यालय इन्डोर क्रिकेट प्रतियोगिताको उपाधि वाइ पोनटिङले जितेको छ । इटहरी क्रिकेट रंगशालाको इन्डोर क्रिकेट हलमा आज (बिहीबार) भएको फाइनल प्रतिस्पर्धामा वाइ पोनटिङले पशुपति स्कुललाई ५ विकेटले पराजित गर्दै उपाधि उचाल्यो । 

टस जितेर पहिले ब्याटिङ गरेको पशुपतिले निर्धारित ८ ओभरको खेलमा ६.३ ओभरमा अल आउट हुँदै ४४ रन बनाएको थियो ।

पशुपति स्कुलले दिएको ४५ रनको लक्ष्य वाइ पोनटिङले ५.३ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । वाइ पोनटिङका रमन साहले सर्वाधिक २० रन बनाए  । रमन खेलको ‘म्यान अफ द फाइनल’ घोषित भए । 

प्रतियोगिताको विजेता टोलीलाई प्रमुख अथिति तथा इटहरी उद्योग वाणिज्य संघका अध्यक्ष भिम बहादुर पौडेल मेडल, ट्रफी र प्रमाण पत्र वितरण गरे । प्रतियोगितामा उत्कृष्ट ३५ खेलाडीलाई इटहरी क्रिकेट एकेडमीले सम्बन्धित विद्यालयसँगको समन्वयमा नियमित प्रशिक्षण दिइने एकेडमीका सचिव तथा सुनसरी जिल्ला क्रिकेट संघका अध्यक्ष सिपी पौडेलले जनाएका छन् ।

प्रतियोगिताको उत्कृष्ट ब्याटसम्यान र ‘म्यान अफ द सिरीज’ आकास सर्राफले घोषित भए । यस्तै, उत्कृष्ट बलरको सविन निरौलाले चुनिए । अविरल गौतम प्रतियोगिताको उदीयमान खेलाडीको चुनिदा प्रतिभाशाली टोलीको उपाधि माउन्ट मकालु स्कुलले पायो । यस्तै, अनुशासित टोलीको उपाधि डिभिएम स्कुलले पायो ।