नेपाल टी २०

सेभेन थ्री स्पोर्ट्ससँगको सम्झौता रद्द गर्न सदस्यसचिवसमक्ष आग्रह

काठमाडौं । नेपाल टी २० लिगको आयोजनाका लागि भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्स र नेपाल क्रिकेट संघ (क्यान)बीच भएको सम्झौता रद्द गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा निवदेन परेको छ ।

आइतबार क्यानकै बोर्ड सदस्य र राष्ट्रिय खेलकुद परिषद्का प्रतिनिधिहरुले पत्र लेख्दै क्यानले भारतीय कम्पनीसँग राष्ट्रघाति सम्झौता गरेको भएकाले त्यसलाई खारेज गर्न सदस्यसचिवसामु माग गरिएको छ ।

क्यानका केन्द्रीय सदस्य धर्मराज गिरी, मोहम्म्द दाउद अन्सारी, संजयसिंह, करण महतरा, अमितवीर पाण्डे, छुम्बी लामालगायतद्वारा हस्ताक्षरित पत्र आजै सदस्यसचिवलाइ बुझाइएको छ ।

यो पनि:  क्यान र सेभेन थ्री स्पोर्ट्सको सम्झौता खारेज हुनुपर्छ: सांसद बाँस्कोटा