एसिसी महिला ट्वान्टी २० च्याम्पियनसिप

नेपाली राष्ट्रिय महिला क्रिकेट टोली फर्कियो

काठमाडौं । एसिसी महिला ट्वान्टी २० च्याम्पियनसिप खेलेर नेपाली राष्ट्रिय महिला क्रिकेट टोली सोमबार स्वेदश आइपुगेको छ । 

शुक्रबार युएईविरुद्धको सेमिफाइनलमा वर्षा बाधक बन्दा नेपालको फाइनल प्रवेश गर्दै एसिया कपमा छनाोट हुने लक्ष्यले पूर्णता पाएन । ८२ रनको विजयी पक्ष्य पाएको नेपाल ब्याटिङका लागि मैदान पाएन । 

प्रतियोगिताको नियम अनुसार युएई समूह विजेताको हैसियतमा फाइनल प्रवेश गरेको थियो । युएई समूह ‘ए’ को विजेता थियो भने नेपाल समूह ‘बी’ को उपविजेता थियो । 

समुह चरणमा नेपालले भुटानलाई ५० रन, कुवेतलाई २५ रन र बहराईनलाई आठ विकेटले हराए पनि  अन्तिम खेलमा हङकङलाई सात विकेटको नतिजा सुम्पिउको थियो । 

प्रतियोगितामा नेपालकी अस्मिना कर्माचार्य उत्कृष्ट बलर घोषित भएकी थिइन् । युएईविरुद्धको सेमिफाइनलमा पाँच विकेट लिएकी अस्मिनाले प्रतियोगितामा कुल आठ विकेट लिइन । 

युएईले घरेलु टोली मलेसियालाई हराउँदै एसिसी महिला ट्वान्टी २० च्याम्पियनसिपको उपािध जितेको थियो ।