क्यान

क्यान पदाधिकारी र मन्त्री शर्माबीच भेट

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीले आइतबार अर्थ मन्त्री जनार्दन शर्मासँग भेटघाट गरेका छन् । त्रिवि क्रिकेट मैदानमा फ्लड लाइट राख्नका लागि बजेट विनियोजन गरेकोमा मन्त्री शर्मालाई भेटेर धन्यवाद दिएको क्यानले बताएको छ ।

भेटमा मन्त्री शर्मा क्रिकेटमा लगानी गर्न र यसको विकासलाई लिएर सकारात्मक रहेको क्यानले जानकारी दिएको छ ।

क्यानको तर्फबाट अध्यक्ष चतुरबहादुर चन्द, कार्यबाहक सचिव प्रशान्तविक्रम मल्ल, रोशनकुमार सिंह लगायत पदाधिकारीसँगै राष्ट्रिय टिमका फिजियो विक्रम न्यौपाने उपस्थित थिए ।

गत जेठ १५ गतेको बजेट भाषणमा मन्त्री शर्माले त्रिवि क्रिकेट मैदानमा फ्लड लाइट राख्नका लागि बजेट विनियोजन भएको घोषणा गरेका थिए ।