नेपाली महिला क्रिकेट

नेपालले दिएको १ सय ८ रनको लक्ष्य पछ्याउँदै कुवेत

काठमाडौं । एसिसी महिला ट्वान्टी २० च्याम्पियनसिपअन्तर्गत दोस्रो खेलमा नेपालले कुवेतलाई १ सय ८ रनको लक्ष्य दिएको छ । मलेसियाको क्वालालम्पुरमा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ७ रनको योगफल तयार गर्यो ।

नेपालका लागि कप्तान रुबिना क्षेत्रीले २७ बल खेलेर सर्वाधिक ३४ रन बनाउँदा इन्दु वर्माले ३३ बल खेलेर २८ रन जोडिन् । यस्तै ओपनर ज्योति पाण्डेले १५, विन्दु रावलले रन बाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

कुवेतका लागि मरियम्मा हैदरले दुई तथा मरियाम ओमार र खदिजा खालीले एक–एक विकेट लिए ।

दोस्रो इनिङमा ब्याटिङमा उत्रिएको कुवेतले १२.४ ओभरमा २ विकेट गुमाएर ४२ रन बनाएर खेलिरहेको छ ।