नेपाली महिला क्रिकेट

कुवेतविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने

क्वालालम्पुर । एसिसी महिला टी२० च्याम्पियनसिपको दोस्रो खेलमा कुवेतविरुद्ध नेपाल राष्ट्रिय महिला टिमले पहिले ब्याटिङ गर्ने भएको छ ।

क्वालालम्पुरस्थित किन्रारा ओभलमा कुवेतले टस जितेपछि फिल्डिङको निर्णय गर्दै नेपाललाई ब्याटिङको निम्तो दिएको हो ।

यसअघि च्याम्पियनसिपको पहिलो खेलमा नेपालले भुटानलाई ५० रनले पराजित गरेको थियो ।

च्याम्पियनसिपको समूह ‘बी’ मा रहेको नेपालसँगै भुटान, हङकङ, कुवेत र बहराइन छन् । यस्तै, समूह ‘ए’ मा संयुक्त अरब इमिरेट्स (युएई), ओमान, कतार, सिंगापुर र घरेलु टिम अमेरिका छन् ।

समूहका शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन् भने फाइनल पुग्ने दुई टिमले एसिया कप खेल्न पाउनेछन् ।