नेपाली महिला क्रिकेट

भुटानविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

क्वालालम्पुर । एसिसी महिला टी२० च्याम्पियनसिपमा नेपालले भुटानविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

भुटानविरुद्ध नेपालकी कप्तान रुविना क्षेत्रीले टस जितेपछि ब्याटिङको निर्णय गर्दै विपक्षीलाई फिल्डिङको निम्तो दिइन् ।

च्याम्पियनसिपको समूह ‘बी’ मा रहेको नेपालसँगै भुटान, हङकङ, कुवेत र बहराइन छन् । यस्तै, समूह ‘ए’ मा संयुक्त अरब इमिरेट्स (युएई), ओमान, कतार, सिंगापुर र घरेलु टिम अमेरिका छन् ।

समूहका शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन् भने फाइनल पुग्ने दुई टिमले एसिया कप खेल्न पाउनेछन् ।