भारतीय क्रिकेट

आयरल्यान्डविरुद्ध खेल्न पन्ड्याको कप्तानीमा भारतीय टिमको घोषणा

नयाँ दिल्ली । भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) ले आयरल्यान्ड भ्रमणका लागि राष्ट्रिय टिमको घोषणा गरेको छ ।

बिसिसिआईले बुधबार हार्दिक पन्ड्याको कप्तानीमा भारतीय टिमको घोषणा गरेको हो । टिममा उपकप्तानको जिम्मेवारी भुवनेश्वर कुमारलाई दिइएको छ । यस शृंखलाका लागि ऋषभ पन्तलाई आराम दिइएको छ भने सूर्यकुमार यादवले टिममा पुनरागमन गरेका छन् ।

भारतीय टिमले आयरल्यान्डविरुद्ध दुई ट्वान्टी २० खेलको शृंखला खेल्ने तालिका छ । यो खेल जुन २६ र जुन २८ मा हुनेछ । यस शृंखलाका लागि बिसिसिआईले सिनियर खेलाडीहरुलाई आराम दिएको छ ।

भारतीय टिमः

हार्दिक पन्ड्या (कप्तान), भुवनेश्वर कुमार (उपकप्तान), इशान किशन, ऋतुराज गायकवाड, सन्जु सामसन, सूर्यकुमार यादव, वेंकटेश अय्यर, दीपक हुड्डा, राहुल त्रिपाठी, दीनेश कार्तिक (विकेटकिपर), युजवेन्द्र चहल, अक्षर पटेल, रवि विस्नोइ, हर्षल पटेल, आवेश खान, अर्शदीप सिंह, उमरान मलिक