नेपाली क्रिकेट

ओमानविरुद्ध नेपाल फिल्डिङमा, एकदिवसीय क्रिकेटमा सुनिलको ‘डेब्यु’

ह्युस्टन । आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय शृंखलाको आफ्नो पहिलो खेलमा नेपालले ओमानविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ ।

अमेरिकाको ह्युस्टनस्थित मौसा क्रिकेट मैदानमा ओमानले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेसँगै नेपाल फिल्डिङमा आउने भएको हो ।

नेपाली टिमबाट एकदिवसीय क्रिकेटमा सुनिल धमलाले ‘डेब्यु’ गरेका छन् ।

शृंखलामा नेपालसहित घरेलु टिम अमेरिका र ओमान सहभागी छन् ।

लिग २ को छैटौं स्थानमा रहेको नेपालले १२ खेलबाट १२ अंक जोडेको छ । नेपालले लिगका ६ खेलमा जित निकाल्दा ६ नै खेलमा हारको नतिजा आत्मसाथ गरेको छ । लिग २ मा अब नेपालले २६ खेल खेल्न बाँकी छ ।

यस्तै, तालिकाको शीर्ष स्थानमा रहेको ओमानले ३३ खेलमध्ये १९ मा जित र १२ मा हार र एक खेलमा बराबरीको नतिजासहित ४० अंक जोडेको छ ।