पहिलो दिन इङ्ल्यान्डसामु भारत दबाबमा

लन्डन (खेलाडी)- जेम्स एन्डरसन र क्राएग ओभरटनले तीन/तीन विकेट लिएपछि इङल्यान्डले भ्रमणकारी भारतलाई दोस्रो टेस्टको पहिलो दिन पूर्ण रुपमा दबाबमा राखेको छ ।

पहिलो दिनको खेल समाप्तीमा इङल्यान्ड विना विकेट क्षती १ सय २० रनमा खेलिरहेको छ र टोलीले भारतमाथि ४२ रनको अग्रता लिएको छ । ओपनर हासिब हामिद अविजित ६० र रोरी बर्नस अविजित ५२ रनमा खेलिरहेका छन् । हामिदले १ सय ३० बलमा ११ चौका प्रहार गर्दा बर्नसले १ सय २५ बलमा ५ चौका र १ छक्का प्रहार गरे ।

यसअघि टस जितेर ब्याटिङ रोजेको भारत इङल्यान्डका बलर सामू निरिह बन्दा ७८ रनमा अलआउट भएको थियो । भारतका लागि ओपनर रोहित शर्माले बनाएको १९ रन सबभन्दा ठूलो व्यक्तिगत स्कोर थियो । रोहितवाहेक अजिन्क्या राहनेले मात्र दोहोरो अंकमा स्कोर गर्न सके । उनले १८ रन जोडेका थिए ।

पहिलो ओभरको पाँचौ बलमा १ रन जोड्दा ओनपर केएल राहुललाई गुमाएको भारतले पाँचौ ओभरको पहिलो बलमा चेतेश्वर पुजारालाई गुमाएको थियो । कप्तान विराट कोहली पनि मात्र ७ रनमा एन्डरसनको बलमा विकेटकिपर जोस बट्लरबाट समातिए ।

भारतलाई सानो स्कोरमा सिमित गर्ने क्रममा इङ्ल्यान्डका एन्डरसनले ८ ओभरका ५ मेडन राख्दै ६ रन खर्चेर तीन तथा ओभरटनले १४ रन खर्चँदै ३ विकेट लिए । त्यस्तै साम कुरान र ओल्ली रोबिन्सनले समान २ विकेट लिएका थिए ।