नेपाली क्रिकेट

युगान्डा र नेपालबीचको खेल वर्षा कारण रोकियो

काठमाडौं । नेपाल र युगान्डाबीचको तेस्रो ट्वान्टी २० खेल वर्षाका कारण रोकिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दोस्रो इनिङमा ब्याटिङका लागि आएको युगान्डाले नवौं ओभर खेलिरहँदा पानी परेपछि खेल रोकिएको हो । एक सय रनको लक्ष्य पछ्याएको युगान्डाले अहिले ८.३ ओभरमा एक विकेट गुमाएर ४७ रन बनाएको छ ।

यसअघि टस जितेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर ९९ रनको योगफल तयार गरेको थियो ।

नेपालले घरेलु मैदानमा पाँच खेलको ट्वान्टी २० शृंखला खेल्ने तालिका छ । जसमध्ये यसअघि भएको दुई खेलमै नेपाल पराजित भएको थियो । आजको खेलमा पनि हार बेहोरे नेपालले दुई खेल अगावै शृंखला गुमाउनेछ ।