नेपाल टी २०

नेपाल टी२० लिगमा 'सी' ग्रेडका खेलाडीको न्युनतम अक्सन मुल्य ५ लाख

काठमाडौं । नेपाल टी२० लिगका लागि ‘ए’ ग्रेडमा परेको खेलाडीले न्युनतम १५ लाख रुपैयाँ प्राप्त गर्ने नेपाल क्रिकेट संघ (क्यान) ले बताएको छ ।

क्यानको आधिकारिक प्रतियोगिता नेपाल टी२० मा ‘बी’ ग्रेडको खेलाडीले १० लाख र ‘सी’ ग्रेडको खेलाडीले न्युनतम पाँच लाख रुपैयाँ प्राप्त गर्ने बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी हो ।

क्यानको आयोजनामा हुने पहिलो संस्करणको नेपाल टी२० लिग सेप्टेम्बर २४ देखि अक्टोबर २२ सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुनेछ । जहाँ नेपालका विभिन्न ६ सहरको प्रतिनिधित्व गर्ने ६ फ्रेन्चाइज टोली सहभागि हुनेछन् ।

लिगको कमर्सियल पार्टनरको रुपमा रहेको सेभेन थ्री स्पोटर्सले क्यानसँग आठ वर्षको सम्झौता गरेको हो । जसअन्तर्गत सेभेन थ्री स्पोटर्सले क्यानलाई कुल ३३ करोड रुपैयाँ दिनेछ । वार्षिक रुपमा भने क्यानले चार करोड १२ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।