नेपाली क्रिकेट

युगान्डाविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने

काठमाडौं । युगान्डाविरुद्धको ट्वान्टी २० शृंखलाअन्तर्गत दोस्रो खेलमा मंगलबार नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।

त्रिवि क्रिकेट मैदानमा युगान्डाकी कप्तान कोन्सी अवेकोले टस जितेर फिल्डिङ गर्ने निर्णय गरिन् ।

नेपालले घरेलु मैदानमा युगान्डासँग पाँच खेलको शृंखला खेल्ने तालिका छ । यसअघि भएको पहिलो खेलमा नेपाल १२ रनले पराजित भएको थियो ।

नेपाल महिला क्रिकेट टोलीले पहिलो पटक घरेलु मैदानमा क्रिकेट शृंखला खेल्न लागेको हो ।