अस्मिना कर्माचार्य

युगान्डाविरुद्ध अस्मिनाको डेब्यू

काठमाडौं । अस्मिना कर्माचार्यले नेपालको प्रतिनिधित्व गर्दै ट्वान्टी २० अन्तर्राष्ट्रिय खेल्ने २३औं खेलाडीको रूपमा डेब्यू गरेकी छन् । घरेलु मैदान त्रिवि क्रिकेट मैदानमा सोमबार (आज)देखि सुरु हुने युगान्डाविरुद्धको पहिलो ट्वान्टी २० को प्लेइङ ११ मा परेकी कर्माचार्यलाई कप्तान रुबिना क्षेत्रीले क्याप प्रदान गरिन् ।

त्रिवि क्रिकेट मैदानमा सुरु हुने खेलमा नेपालले टस जितेर फिल्डिङ रोजिसकेको छ । घरेलु प्रतियोगितामा ललितपुर मेयर ११, विराटनगर टाइटन्सलगायत टिमबाट घरेलु प्रतियोगिता खेल्दै आएकी कर्माचार्य दायाँ हाते तीव्र गतिकी बलर हुन् ।

१.३ ओभरको खेल सकिँदा नेपालविरुद्ध ३ रन खर्चेर १ विकेट गुमाएको छ ।