नेपाल क्रिकेट संघ

काउन्टर अट्याक: क्यानको नियतमा खोट त छैन ?

नेपाल क्रिकेट संघ (क्यान)ले केही दिनअघि एउटा प्रेस विज्ञप्ति जारी गर्यो, नेपाल ट्वान्टी २० लिग आयोजना गर्ने बारेमा ।

तीन वर्षअघि अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी)को प्रतिबन्धबाट फुकुवा भएसँगैको निर्वाचनबाट नेतृत्वमा वैधानिकता पाउनेवित्तिकै वर्तमान कार्यसमितिले घोषणा गरेको महत्वाकांक्षी कार्यक्रम थियो यो । कार्यकाल सकिने बेला भइसक्दा पनि क्यानले कम्तिमा नेपाली क्रिकेटले खोजेकै जस्तो ठूलै आकारको फ्रेन्चाइज लिगको घोषणा गर्नु पक्कै पनि सकारात्मक कुरा हो ।

प्रतियोगिताबारे जानकारी गराउने उद्देश्यले जारी गरिएको विज्ञप्तिमा क्यानका अध्यक्ष चतुरबहादुर चन्द, कार्यवाहक सचिव प्रशान्तविक्रम मल्ल र कोषाध्यक्ष रोशन सिंह तथा राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछानेसँगै युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजको भनाई राख्नुबाहेक साँचो जानकारी भने केही थिएन । उक्त विज्ञप्तिमा जो (सेभेन थ्री स्पोर्ट्स)सँग सम्झौता गरिएको हो, उनीहरूको भनाई चाहिँ छैन ।

तर, निर्वाचित भएयता प्रत्येक वर्ष घोषणामै सीमित क्यानको पछिल्लो विज्ञप्तिमाथि पनि धेरै आशावादी हुने व्यवहारिक आधार भने छैन । अझ सबथोक लुकाइएको त्यो विज्ञप्तिले त क्यानको उद्देश्यमाथि नै झन ठूलो शंका उत्पन्न गराएको छ । अर्थात फेरि पनि प्रतियोगिता गर्ने झाँसा फ्याकेर काम चाँही नगर्ने उद्देश्य हो की भन्ने शंका उत्पन्न हुनु स्वभाविक छ ।

प्रतियोगिताबारे जानकारी गराउने उद्देश्यले जारी गरिएको विज्ञप्तिमा क्यानका अध्यक्ष चतुरबहादुर चन्द, कार्यवाहक सचिव प्रशान्तविक्रम मल्ल र कोषाध्यक्ष रोशन सिंह तथा राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछानेसँगै युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजको भनाई राख्नुबाहेक साँचो जानकारी भने केही थिएन । उक्त विज्ञप्तिमा जो (सेभेन थ्री स्पोर्ट्स)सँग सम्झौता गरिएको हो, उनीहरूको भनाई चाहिँ छैन ।

देशको सबभन्दा ठूलो फ्रेन्चाइज लिग आयोजना गर्दा अन्य थुप्रै विषयमा पनि ध्यान पुर्याउनुपर्छ । आर्थिक तथा प्रशासनिक पारदर्शिता क्रिकेटको चुरो हो । खेल मिलोमतोका सम्भावनालाई शून्यमा नझारिकन प्रतियोगिता सम्भव हुँदैन । एण्टी करप्सनको मामलामा क्रिकेट निक्कै शख्त छ । कुनै सम्झौता हुँदैन । त्यसैले यो खेलमा आर्थिक, प्रशासनिक र व्यवस्थापकीय पक्ष धेरै पारदर्शी हुनुपर्छ । अन्यथा फेरी कहिल्यै माथि नउठ्ने गरी यो खेलको साख गिर्न सक्छ ।

प्रतियोगिता कहिले हुने ? प्रतियोगिता कहाँ हुने ? कति टिम सहभागी हुने ? टिम कसरी बनाउने ? पुरस्कार राशी कति हुने ? जस्ता थुप्रै आधारभूत प्रश्नको उत्तर नेपाली क्रिकेटको सर्वोच्च निकायको विज्ञप्तिमा कहिँ कतै भेटिँदैन । बरु भारतीय कम्पनी सेभेन थ्री स्पोर्टससँग प्रतियोगिताको आयोजना अधिकारका लागि सम्झौता गरिसकेको चाँही खुलाइएको छ । जवकी, त्यो कम्पनी र सम्झौताको बारेमा विस्तृत जानकारी चाँही गोप्य नै छ ।

देशको सबभन्दा ठूलो फ्रेन्चाइज लिग आयोजना गर्दा अन्य थुप्रै विषयमा पनि ध्यान पुर्याउनुपर्छ । आर्थिक तथा प्रशासनिक पारदर्शिता क्रिकेटको चुरो हो । खेल मिलोमतोका सम्भावनालाई शून्यमा नझारिकन प्रतियोगिता सम्भव हुँदैन । एण्टी करप्सनको मामलामा क्रिकेट निक्कै शख्त छ । कुनै सम्झौता हुँदैन । त्यसैले यो खेलमा आर्थिक, प्रशासनिक र व्यवस्थापकीय पक्ष धेरै पारदर्शी हुनुपर्छ । अन्यथा फेरी कहिल्यै माथि नउठ्ने गरी यो खेलको साख गिर्न सक्छ ।

तर क्यानको प्रेस विज्ञप्तिमा कुनै पनि कुरा खुलाइएको छैन । सबथोक गोप्य छ । सेभेन थ्री स्पोर्टससँग गरिएको सम्झौताको वैधानिकतामाथि क्यानकै बोर्ड सदस्यहरूले प्रश्न मात्रै गरेका छैनन्, बैठकमा नोट अफ डिसेन्ट नै लेखेका छन् । राष्ट्रिय संघले गर्ने प्रतियोगिताका लागि खुल्ला प्रतिस्पर्धामार्फत आयोजक छान्नुपर्ने सामान्य प्रक्रिया पनि पूरा गरिएको छैन । नेपालकै कुनै आयोजकले नेपाल ट्वान्टी २० प्रिमियर लिग आयोजना गर्न पाउने अधिकार जबरजस्ती खोसिएको छ । नेपाली कम्पनीलाई प्रतिस्पर्धामा आउने समेतको मौका दिइएको छैन । अनौपचारिकरूपमा वार्षिक तीन करोड रुपैयाँका दरले आठ वर्षका लागि सेभेन थ्रीसँग सम्झौता गरिएको सम्म भनिएको छ । तर, सम्झौता सार्वजनिक गरिएको छैन ।

क्यानले विवादका बीच सम्झौता गरेको सेभेन थ्री स्पोर्टसका बारेमा विभिन्न खालका टिका टिप्पणी भइरहेका बेला त्यसलाई पनि प्रष्ट पार्नुपर्छ । सेभेन थ्री स्पोर्टस भारतमा सट्टाबाजीलगायतका काममा संलग्न रहेको आरोप छ । उसको वास्तविकता के हो भन्ने पनि नेपाली समर्थकलाई जानकारी गराउनु साझेदारका हैसियतमा क्यानको दायित्व हो । सेभेन थ्री सट्टेवाजीमा संलग्न कम्पनी हो भने उसँगको सम्झौता तत्काल रद्द गर्नुपर्छ । होइन भने अनावश्यक विवादमा आफ्नै साझेदारलाई उल्झाइरहनु किमार्थ सही मान्न सकिन्न ।

देशमा यसअघि पनि निजी क्षेत्रबाट तीन वटा ठूला फ्रेन्चाइज लिग आयोजना भइरहेका छन् । त्यसैले पनि देश भित्रैबाट कुनै कम्पनीले नेपाल ट्वान्टी २० प्रिमियर लिग गर्न इच्छुक हुने आशा गर्न सकिन्छ । कैलालीमा हुँदै आएको धनगढी प्रिमियर लिग (डिपिएल) र कास्कीको पोखरा प्रिमियर लिग (पिपिएल) पछिल्ला वर्षहरूमा निरन्तर छैनन् । तर, नेपाली फ्रेन्चाइज क्रिकेटको सबभन्दा ठूलो प्रतियोगिता एभरेष्ट प्रिमियर लिग (इपिएल) गत वर्ष पनि सम्पन्न भइसकेको छ । निजी क्षेत्रबाट हुने प्रतियोगिताहरू जत्तिको पनि पारदर्शीता क्यानको कार्यक्रममा नहुन पाइन्न ।

क्यानले विवादका बीच सम्झौता गरेको सेभेन थ्री स्पोर्टसका बारेमा विभिन्न खालका टिका टिप्पणी भइरहेका बेला त्यसलाई पनि प्रष्ट पार्नुपर्छ । सेभेन थ्री स्पोर्टस भारतमा सट्टाबाजीलगायतका काममा संलग्न रहेको आरोप छ । उसको वास्तविकता के हो भन्ने पनि नेपाली समर्थकलाई जानकारी गराउनु साझेदारका हैसियतमा क्यानको दायित्व हो । सेभेन थ्री सट्टेवाजीमा संलग्न कम्पनी हो भने उसँगको सम्झौता तत्काल रद्द गर्नुपर्छ । होइन भने अनावश्यक विवादमा आफ्नै साझेदारलाई उल्झाइरहनु किमार्थ सही मान्न सकिन्न ।

यसैगरी प्रतियोगिता कहिले हुने ? कहाँ हुने ? कसरी हुने ? कस्ले गर्ने ? कति टिम हुने ? टिम बनाउने आधार के ? विदेशी खेलाडीको सहभागिता कस्तो हुने ? पुरस्कार कति हुने ? आयोजना अधिकार बेच्ने निर्णय कानुनसम्मत ठीक छ कि छैन ? मिलोमतोका सम्भावनालाई कसरी निरुत्साहित पार्ने योजना छ ? जस्ता तमाम प्रश्नको क्यानले समयमै जवाफ दिनुपर्छ ।

सधैँ भ्रष्टाचार, कुशासन, अपारदर्शितालगायतका विवादमा रुमल्लिइरहेको नेपाली क्रिकेटलाई सही बाटोमा अघि बढाउने हो भने क्यान प्रष्ट हुनुपर्छ । सबथोक खुल्ला किताव जसरी सार्वजनिक गर्न ढिला गर्नु हुन्न । अन्यथा प्रश्नै प्रश्नको चाङमाथि अर्को प्रश्न थपिनेछ, कतै फेरि क्यानको नियतमा खोट पलाएको त छैन ?

क्यानबाट सबथोक किन पनि प्रष्ट हुनुपर्छ भने तीन वर्षअघि एउटा भारतीय कम्पनीसँग गरेको सम्झौतामा नेपाल सरकारले नै धोका खाइसकेको छ । २०१९ मा नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) को प्रशारणअधिकार नेपाल ओलम्पिक कमिटी (एनओसी), दक्षिण एसियाली ओलम्पिक काउन्सिल (साओक) र राष्ट्रिय खेलकुद परिषद (राखेप)ले भारतीय कम्पनी एनके मिडिया भेन्चर प्रालीलाई बेचेको थियो । चार करोड रुपैयाँको सम्झौता गरेको भारतीय कम्पनी प्रतियोगिता नसकिँदै बेपत्ता हुँदा अझैसम्म पनि एनओसी, राखेप र त्यसका लागि काम गर्ने नेपाली सेवा प्रदायकहरू विचल्लीमा छन् ।

राज्यको आधिकारिक निकाय तथा दक्षिण एसियाली ओलम्पिक काउन्सिलले समेत भारतीय आवरणको कम्पनीसँग धोका खाइसकेको अवस्थामा क्यानले गरेको गोप्य सम्झौताअनुसार पैसा पाउने विश्वसनीय आधार के भन्ने पनि प्रष्ट हुनुपर्छ । त्यसैले सधैँ भ्रष्टाचार, कुशासन, अपारदर्शितालगायतका विवादमा रुमल्लिइरहेको नेपाली क्रिकेटलाई सही बाटोमा अघि बढाउने हो भने क्यान प्रष्ट हुनुपर्छ । सबथोक खुल्ला किताव जसरी सार्वजनिक गर्न ढिला गर्नु हुन्न । अन्यथा प्रश्नै प्रश्नको चाङमाथि अर्को प्रश्न थपिनेछ, कतै फेरि क्यानको नियतमा खोट पलाएको त छैन ?