नेपाली क्रिकेट

नेपाल टस जितेर फिल्डिङमा

काठमाडौं । जिम्बाब्वे ‘ए’ विरुद्धको दोस्रो एकदिवसीय खेलमा नेपाल पहिले फिल्डिङ गर्ने भएको छ ।

त्रिवि क्रिकेट मैदानमा भएको टसमा नेपाली टोलीका कप्तान सन्दीप लामिछानेले टस जितेर फिल्डिङ को निर्णय गरेका हुन् ।

तीन एकदिवसीय शृंखलाअन्तर्गत यसअघि भएको पहिलो खेलमा नेपाल तीन विकेटले पराजित भएको थियो । 

नेपालले एकदिवसीय शृंखलाअघि जिम्बाब्वे ‘ए’ सँग तीन खेलको ट्वान्टी २० शृंखला खेलेको थियो । उक्त शृंखला १–१ को बराबरीमा टुङ्गिएको थियो ।

नेपालले पहिलो पटक टेस्ट मान्यता प्राप्त राष्ट्रको टिमविरुद्ध घरेलु मैदानमा क्रिकेट शृंखला खेलेको हो ।