क्रिकेट प्रतियोगिता

मुख्यमन्त्री कप चैत पहिलो साता

काठमाडौं । सुदूरपश्चिम मुख्यमन्त्री कप यु १९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता चैत पहिलो सातादेखि हुने भएको छ ।

धनगढीको फाप्ला क्रिकेट मैदानमा हुने प्रतियोगिता चैत ६ देखि ११ गतेसम्म सञ्चालन हुनेछ । नेपाल क्रिकेट संघको आयोजनामा हुने प्रतियोगिता १९ वर्ष मुनिका महिला खेलाडीलाई लक्षित गर्दै गर्न लागिए हो ।

प्रतियोगितामा सात प्रदेशका टोलीको सहभागिता रहने आयोजकले जानकारी दिएको छ । मुख्यमन्त्री कपको विजेताले पाँच लाख रुपैंया र उपविजेताले तीन लाख रुपौंयासहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् ।