अभ्यास खेल

नेपालको खराब सुरुआत

काठमाडौं । नेपालले मंगलबार श्रीलंका नेभीविरुद्धको दोस्रो अभ्यास खेलमा खराब सुरुआत गरेको छ । 

टस हारेर ब्याटिङका लागि आएको नेपालले ५ ओभरमा २ विकेट गुमाउँदै ८ रन बनाएर खेलिरहेको छ । 

ओपनर कुशल भुर्तेल तीन र ज्ञानेन्द्र मल्ल एक रनमा पवेलियन फर्किए । 

यसअघि पहिलो खेलमा नेपाल एक सय ११ रनले विजयी भएको थियो । नेपालले प्रस्तुत गरेको दुई सय १५ रनको लक्ष्य पछ्याएको नेभी एक सय तीन रनमा समेटिएको थियो ।

नेपालले मार्च ७ देखि ११ सम्म श्रीलंकामा अभ्यास खेल खेल्ने छ । नेपाली क्रिकेट टिम आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज खेल्न मार्च १४ मा श्रीलंकाबाट सिधै युएई जाने तालिका छ ।