ललितपुर मेयर वुमन्स च्याम्पियनसिप

सुदूरपश्चिमले एपिएफलाई दियो ११४ रनको लक्ष्य

काठमाडौं । सशस्त्र प्रहरी बलको एपिएफ क्लबसामू सुदूरपश्चिम प्रदेशले सोमबार ललितपुर मेयर वुमन्स ट्वान्टी २० क्रिकेट च्याम्पियनसिपमा एक सय १४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिविको क्रिकेट मैदानमा जारी फाइनलमा टस जितेर ब्याटिङमा आएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा चार विकेटको क्षतीमा एक सय १३ रनको योगफल तयार गर्यो ।

सुदूरपश्चिमको लागि विन्दु रावलले सर्वाधिक ३७ रन बनाइन् । उनले ३६ बलमा पाँच चौका प्रहार गरिन् । यस्तै, डली भट्टले ३६, कविता कुँवरले २४ र रेवती धामीले १० रन बनाइन् ।

एपिएफकी सुस्मा श्रेष्ठले दुई विकेट लिइन् ।

प्रतियोगितामा एपिएफ सतप्रतिशत जितसहित फाइनलमा पुगेको थियो । सुदूरपश्चिमले समान चार खेलमा तीन जित र एक हारसहित ६ अंक जोड्दै फाइनलमा स्थान बनाएको थियो ।

मंगलबारदेखि सुरु भएको प्रतियोगितामा आयोजक ललितपुर मेयर्स ११ सहित एपिएफ, सुदूरपश्चिम, प्रदेश १ र लुम्बिनी प्रदेशगरि पाँच टोलीको सहभागिता थियो ।