भारत र दक्षिण अफ्रिका शृंखला

भारतले दक्षिण अफ्रिकालाई दियो २८८ रनको लक्ष्य

बोल्यान्ड पार्क । दक्षिण अफ्रिकाविरुद्धको दोस्रो एकदिवसीय खेलमा भारतले घरेलु टोलीसामू दुई सय ८८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

बोल्यान्ड पार्कमा टस जितेर ब्याटिङमा आएको भारतले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ८७ रनको योगफल तयार गर्यो ।

भारतका ऋषब पन्तले सर्वाधिक ८५ रन बनाए । पन्तले ७१ बलमा १० चौका र दुई छक्का प्रहार गरे । यस्तै कप्तान लोकेश राहुलले ५५, शार्दुल ठाकुरले ४०, शिखर धवनले २९ र रविचन्द्रन आश्विनले २५ रन जोडे । टोलीका पूर्वकप्तान विराट कोहली भने ‘गोल्डेन डक आउट’ भए ।

दक्षिण अफ्रिकाका तवरेज साम्सीले दुई विकेट लिए । त्यस्तै केशव महारेज, आइदेन मार्करम, सिसन्दा मगाला र एन्डिले फेह्लुक्वायोले समान एक विकेट हात पारे ।

तीन एकदिवसीय खेलको शृंखलामा दक्षिण अफ्रिका १-० ले अघि छ । पहिलो खेलमा दक्षिण अफ्रिका ३१ रनले विजयी भएको थियो ।