आइसिसी

आइसिसी ट्वान्टी २० ‘टिम अफ दि इयर’ सार्वजनिक

दुबई । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले ट्वान्टी २० क्रिकेटको ‘टिम अफ दि इयर’ सार्वजनिक गरेको छ ।

बिहीबार आइसिसीले पुरुषतर्फ पाकिस्तानी ब्याटर बाबर आजम र महिलातर्फ इङ्ल्यान्डकी अलराउन्डर न्याट स्काइभरको कप्तानीमा ट्वान्टी २० ‘टिम अफ दि इयर’ सार्वजनिक गरेको हो ।

पुरुषतर्फको टोलीमा ६ देशका खेलाडी छन् । जसमा पाकिस्तान र दक्षिण अफ्रिकाबाट समान तीन, अस्ट्रेलियाबाट दुई र बंगलादेश, इङ्ल्यान्ड र श्रीलंकाका एक एक खेलाडी छन् । आइसिसीले सार्वजनिक गरेको टोलीमा भारतका कुनै पनि खेलाडी अटाएनन् ।Image

पाकिस्तानका तीन खेलाडीमा कप्तान बाबर आजमसँगै, मोहम्मद रिजवान र साहिन साह अफ्रिदी छन् । त्यस्तै दक्षिण अफ्रिकबाट आइदेन मार्करम, डेविड मिलड र तवरेज साम्सी छन् ।

अस्ट्रेलियाबाट मिचेल मार्स र जस हेजलवुड टोलीमा पर्दा इङ्ल्यान्डका जस बटलर, श्रीलंकाका वनिन्दु हसरंगा र बंगलादेशका मुस्ताफिजुर रहमानले टोलीमा स्थान बनाएका छन् ।

महिलातर्फ इङ्लिस टोलीका पाँच खेलाडीले स्थान बनाउँदा दक्षिण अफ्रिकाका तीन र जिम्बाबे, भारत र आयरल्यान्डसका समान एक खेलाडी छन् ।

इङ्लिस टोलीका कप्तान स्काइभर, टमी ब्युमन्ट, ड्यानी व्याट, एमी जोन्स र सोफी एक्लेस्टोन, दक्षिण अफ्रिकाबाट लोरा वोल्भार्ड, मारिजेन क्याप र शबनिम इस्माइल छन् । त्यस्तै भारतकी स्मृती मन्ढना, आयरल्यान्डकी ग्याबी लेविस र जिम्बाबेकी लोर्यन फिरी टोलीमा छन् ।ICC Women's T20I Team of the Year 2021