अस्ट्रेलियन ओपन

बिबिएलमा सन्दीपको खराब बलिङ

मेलर्बन । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेको टोली होर्बट हुरिकेन्सबाट बिग बास लिगमा खराब बलिङ गरेका छन् ।

बुधबार मेलर्बन क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको मेलर्बन स्टार्सले निर्धारित २० ओभरमा दुई विकेट गुमाएर दुई सय ७४ रनको लक्ष्य हुरिकेन्ससामू प्रस्तुत गर्यो ।

मेलर्बन स्टार्सको लागि आक्रामक ब्याटिङ गरेका कप्तान ग्लेन म्याक्सवेल र मार्कस स्टोइनिसविरूद्व हुरिकेन्सका कुनै बलरको जोर चलेन । सोही क्रममा सन्दीपले चार ओभरमा ५२ रन खर्चिए ।

सुरूआती तीन ओभरमा चार चौकासहित १८ रन खर्चिएका सन्दीपले चौथो ओभरमा तीन चौका सहित १७ रन खर्चिए ।

यस्तै, उनले सातौं ओभरमा दुई छक्का र एक चौका सहित १८ रन खर्चिएका थिए । १४ ओभरमा २६ रन खर्चिएका सन्दीपले तीन छक्का दिएका दिए । यस्तै, आफ्नो अन्तिम बलिङको १८ ओभरमा पाँच चौका सहित २२ रन खर्चिए ।