प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता

पिएम कप फाइनल: एपिएफले पुलिसलाई दियो १५८ रनको लक्ष्य

काठमाडौं । प्रधानमन्त्री कप ट्वान्टी २० पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले नेपाल पुलिस क्लबसामू १ सय ५८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

 कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफले १९.५ ओभरमा सबै विकेट गुमाएर १ सय ५७ रनको योगफल तयार पार्यो ।

दुवै ओपनर दोहोरो अंकमा रन बनाउन नसक्दा खराब सुरुआत गरेको एपिएफले जमेर ब्याटिङ गर्न सकेन । एपिएफका लागि अमरसिंह रौटेलाले १५ बलमा सर्वाधिक २९ रनको योगदान गरे । यस्तै, लोकेश बम १५ बलमा २७ रन जोडेर पेभेलियन फर्के ।

यस्तै, सन्दीप जोराले २० बलमा २४ रन बनाउँदा कप्तान शरद भेसावकर १९ रनमा आउट भएका थिए ।

पुलिसका लागि स्पीनरद्वय सागर ढकाल र दीपेन्द्रसिंह ऐरीले ३/३ विकेट लिँदा गुल्शन झाले दुई तथा आरिफ शेख र योगेन्द्रसिंह कार्कीले १ /१ विकेट लिए ।