प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता

पिएम कप: आशिफ र प्रदीपको अर्धशतक!

काठमाडौं । प्रधानमन्त्री कप ट्वान्टी २० पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबविरुद्ध टस हारेर  ब्याटिङमा उत्रिएको एपिएफ क्लबका ओंपनर आशिफ शेखले अर्धशतक बनाएका छन् ।

त्रिवि क्रिकेट मैदानमा प्रदीप ऐरीसँग ओपनिङमा उत्रिएका आशिफले ३० बलमा ७ चौका र २ छक्कासहित ५० रन पूरा गरे । अहिले ३६ बलमा  ६६रन जोडिसकेका आशिफ आक्रामक शैलीमा ब्याटिङ गरिरहेका छन् ।

अर्का ओपनर प्रदीपले पनि ४४ बलमा ७ चौका र १ छक्कासहित अर्धशतक बनाएका छन् । उनीहरूको शानदार सुरुआतमा एपिएफले १३.३ ओभरमा बिना विकेटको क्षतीमा १३० रन पूरा गरिसकेको छ । यो खेलको विजेताले भोलि हुने फाइनलमा नेपाल पुलिस क्लबसँग खेल्ने छ । पुलिस बागमती प्रदेशलाई पराजित गर्दै फाइनलमा पुगेको हो ।