वेस्ट इन्डिज-आयरल्यान्ड शृंखला

आयरल्यान्डलाई शृंखला

किङ्सटन । तेस्रो तथा अन्तिम खेलमा दुई विकेटको जित निकालेसँगै आयरल्यान्डले वेस्टइन्डिजविरुद्धको तीन खेलको एकदिवसीय शृंखला २–१ ले जितेको छ ।

वेस्टइन्डिज आयरल्यान्डविरुद्धको शृंखलामा पराजित हुने तेस्रो टेस्ट राष्ट्र बनेको छ । आयरल्यान्डले यसअघि जिम्बाबे र अफगानिस्तानविरुद्धको शृंखला जितेको थियो ।

आयरल्यान्डको जितमा एन्डी म्याकब्रिनले अलराउन्डर प्रदर्शन गरे । बलिङमा म्याकब्रिनले १० ओभरमा दुई मेडनसहित चार विकेट लिए । यसक्रममा उनले मात्र २८ रन खर्चिए । ब्याटिङमा पनि अर्धशतकीय इनिङ खेलेका उनले एक सय बलमा ६ चौका र एक छक्कासहित ५९ रन जोडे । त्यस्तै ह्यारी टेक्टोरले ५२ र कप्तान पल स्ट्रलिङले ४४ रन बनाए ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको वेस्टइन्डिजले ४४.४ ओभरमा सबै विकेट गुमाउँनुअघि दुई सय १२ रनको योगफल खडा गरेको थियो । दुई सय १३ रनको लक्ष्य आयरल्यान्डले ४४.५ ओभरमा आठ विकेट गुमाएर भेट्टायो ।

वेस्टइन्डिजका ओपनर साइ ओपले सर्वाधिक ५३ रन बनाए । यस्तै ज्यान होल्डर ४४, अकिल हुसैनले २३ र ओडिन स्मिथले २० रन जोडे ।

बलिङमा म्याकब्रिनको चार विकेट बाहेक क्रेग योङले तीन विकेट लिँदा कर्टिस कम्फेर र जर्ज डक्रेलले एक एक विकेट हात पारे ।