प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता

पिएम कपः गण्डकी जितविहीन

काठमाडौं । लुम्बिनी प्रदेशसँग पाँच विकेटले पराजित भएसँगै प्रधानमन्त्री कप ट्वान्टी २० पुरुष क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशको यात्रा जितविहिन टङ्गिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट गण्डकीले दिएको एक सय पाँच रनको लक्ष्य लुम्बिनीले १३.१ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्यो ।

लुम्बिनीका देव खनालले सर्वाधिक ५६ रनको अर्धशतकीय इनिङ खेले । आक्रामक रुपमा ब्याटिङ गरेका देवले २६ बलमा १० चौका र एक छक्का प्रहार गरे । यस्तै सुशान्त थापाले २६ र कप्तान कृष्ण कार्कीले आठ रन जोडे ।

गण्डकीका सुवास भण्डारीले तीन विकेट लिँदा विशाल पौडेल र अशोक श्रेष्ठको खातामा एक एक विकेट रह्यो ।

यसअघि टस जितेर ब्याटिङमा आएको गण्डकीले १९.१ ओभरमा सबै विकेट गुमाउँनुअघि एक सय चार रनको योगफल खडा गरेको थियो ।

गण्डकीका अनिल गुरुङले सर्वाधिक ५० रन बनाएका थिए । उनले ३९ बलमा पाँच चौका र दुई छक्का प्रहार गरे । यस्तै कप्तान विशाल पौडेलले १६, विधान श्रेष्ठले १४ र गोविन्द विकले १२ रन जोडेका थिए ।

लुम्बिनीकाबाट उत्कृष्ट बलिङ गरेका अनिल खरेलले १९औं ओभरमा तीन विकेट लिएका थिए । चार ओभर बलिङ गरेका उनले १५ रन खर्चिएर चार विकेट लिए । त्यस्तै कृष्ण कार्कीले दुई विकेट लिँदा दुर्गेश गुप्ता, अनिल खरेल, तुलबहादुर थापा र दिपेन्द्र रावतको नाममा समान एक विकेट रह्यो ।

समूह ‘बी’ मा रहेका दुवै टोली प्रतियोगिताको पहिलो चरणबाटै बाहिरिसकेका छन् । समूहको चौथो स्थानमा रहेको लुम्बिनीले चार खेलबाट चार अंक जोड्दा समान खेल खेलेको गण्डकी अंकविहिन रह्यो ।

यस समूहबाट एपिएफले विजेताको र बागमतीले उपविजेताको रुपमा सेमिफाइनल यात्रा तय गरे ।