प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता

पिएम कपः लुम्बनीलाई गण्डकी प्रदेशले दियो १०५ रनको लक्ष्य

काठमाडौं । अनिल गुरुङको अर्धशतकीय इनिङप्रेरित गण्डकी प्रदेशले प्रधानमन्त्री कप ट्वान्टी २० पुरुष क्रिकेट प्रतियोगितामा आइतबार लुम्बिनी प्रदेशसामु एक सय पाँच रनको लक्ष्य प्रस्तुत गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको गण्डकीले निर्धारित १९.१ ओभरमा सबै विकेट गुमाउँदै एक सय चार रनको योगफल खडा गर्यो ।

गण्डकीका अनिल गुरुङले सर्वाधिक ५० रन बनाए । उनले ३९ बलमा पाँच चौका र दुई छक्का प्रहार गरे । यस्तै कप्तान विशाल पौडेलले १६, विधान श्रेष्ठले १४ र गोविन्द विकले १२ रन बनाए ।

लुम्बिनीका अनिल खरेलले उत्कृष्ट बलिङ गरे । अनिलले १९औं ओभरमा तीन विकेट लिए । चार ओभर बलिङ गरेका उनले १५ रन खर्चिएर चार विकेट लिए । त्यस्तै कृष्ण कार्कीले दुई विकेट लिँदा दुर्गेश गुप्ता, अनिल खरेल, तुलबहादुर थापा र दिपेन्द्र रावतको नाममा समान एक विकेट रह्यो ।

समूह ‘बी’ मा रहेका दुवै टोली प्रतियोगिताको पहिलो चरणबाटै बाहिरिसकेका छन् । समूहको चौथो स्थानमा रहेको लुम्बिनीले तीन खेलबाट दुई अंक जोड्दा समान खेल खेलेको गण्डकी अंकविहिन छ ।