प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता

पिएम कपः टस जितेर गण्डकी ब्याटिङमा

काठमाडौं । प्रधानमन्त्री कप ट्वान्टी २० पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आइतबार गण्डकी प्रदेशले लुम्बिनी प्रदेशविरुद्ध टस जितेर ब्याटिङको निर्णय गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनी कृष्ण कार्की र गण्डकी विशाल पौडेलेको कप्तानीमा मैदान उत्रदैछ ।

समूह ‘बी’ मा रहेको दुवै टोलीको सेमिफाइनल सम्भावना समाप्त भइसकेको छ । तीन खेलबाट दुई अंक जोडेको लुम्बिनी तालिकाको चौथो र समान खेल खेल्दा पनि अंकविहिन रहेको छ ।

यसअघि भएको दिनको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले प्रदेश १ लाई सात विकेटले पराजित गरेको थियो ।

प्रतियोगितामा सेमिफाइनल पुग्ने चार टोलीका टुङ्गो लागिसकेको छ । समूह ‘ए’ बाट नेपाल पुलिस क्लब विजेता र आर्मीले उपविजेताको रुपमा सेमिफाइनलको टिकट काटिसके । त्यस्तै समूह ‘बी’ बाट एपिएफ विजेतार बागमती प्रदेश समुह उपविजेताको रुपमा सेमिफाइनल यात्रा तय गरे ।