दक्षिण अफ्रिकी क्रिकेट

दक्षिण अफ्रिकी अलराउन्डर माेरिसकाे सन्यास

केप टाउन । दक्षिण अफ्रिकी अलराउन्डर क्रिस मोरिसले मंगलबार सबैखाले क्रिकेट संरचनाबाट सन्यास लिने घोषणा गरेका छन् । मंगलबारदेखि नै क्रिकेट खेलाडीको रुपबाट अलग हुने घोषणा गरेका मोरिसले अब घरेलु क्लब टाइटन्सको प्रशिक्षण सम्हाल्ने बताए ।

‘आज म सबैखाले क्रिकेट संरचनाबाट सन्यासको घोषणा गर्दैछु । मेरो क्रिकेट यात्रामा सहयाेगी भुमिका खेल्नुहुने सबैमा धन्यवाद । टाइटन्सको प्रशिक्षकको भुमिका सम्हाल्न पाउँदा निकै खुसी छु,’ मोरिसले आफ्नो इन्स्टाग्राम ह्यान्डलमा लेखेका छन् ।

मोरिसले दक्षिण अफ्रिकाबाट तीनै फर्म्याटका ६९ अन्तर्राष्ट्रिय खेलमा प्रतिनिधित्व गरेका छन् ।

मोरिस भारतीय फ्रेन्चाइज इन्डियन प्रिमियर लिग (आइपिएल) का सबैभन्दा महंगो खेलाडी हुन् । उनलाई राजस्थान रोयल्यसले सन् २०२१ को अक्सनमा १६.२५ करोड भारतिय रुपैँयामा अनुबन्ध गरेको थियो ।