प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता

पिएम कपः बागमती टस जितेर ब्याटिङमा

काठमाडौं । प्रधानमन्त्री कप ट्वान्टी २० पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा मंगलबार एपिएफ क्लबविरुद्ध बागमती प्रदेशले टस जितेर ब्याटिङ रोजेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बागमती नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लको नेतृत्वमा मैदान उत्रदैछ। एपिएफ राष्ट्रिय क्रिकेट टोलीका सदस्य शरद भेषवाकरको नेतृत्वमा खेल्दैछ ।

प्रतियोगिताअन्तर्गत समूह ‘बी’ मा रहेका दुवै टोलीको यो दोस्रो खेल हो । प्रतियोगिताको पहिलो खेलमा सोमबार एपिएफले प्रदेश २ लाई २४ रनले र बागमतीले लुम्बिनीलाई ४९ रनले पराजित गरेको थियो ।